• २४ साउन २०८२, शनिबार

विश्व आदिवासी दिवसको अवसरमा झाँकी (फोटो फिचर)

blog

३१ औं विश्व आदिवासी दिवसको अवसरमा निकालिएको झाँकीमा आदिवासी महिला । तस्बिरः केशब गुरुङ

काठमाडौँ, साउन २४ गते । ३१ औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शनिबार दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालिएको छ ।

गुरुङ, मगर, थारू, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरूले आफ्नो ब्यानर र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरू परम्परात पोशाकमा सजिएका छन् । भृकुटीमण्डपबाट निकालिएको र्‍याली भद्रकाली, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर मूल समारोहमा परिणत भएको छ ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।