• १७ जेठ २०८१, बिहिबार

निक्षेप सङ्कलन र कर्जा प्रवाहमा नेपाल बैङ्क पहिलो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ८ गते  । नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड निक्षेप सङ्कलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैङ्कहरूमध्ये निक्षेप सङ्कलन वृद्धिका आधारमा नेपाल बैङ्क प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिका आधारमा पनि बैङ्क पहिलो स्थानमा रहेको छ । गत जेठ महिनासम्ममा नेपाल बैङ्कको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएकोमा कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको छ  । 

२७ वाणिज्य बैङ्कमध्ये २१ वटा वाणिज्य बैङ्कहरूको निक्षेप वृद्धि भएकोमा छवटा वाणिज्य बैङ्कहरूको निक्षेपमा गिरावट भएको छ । वाणिज्य बैङ्कहरूको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैङ्कहरूको कर्जा विस्तारमा वृद्धि भएको छ ।