• १३ साउन २०८१, आइतबार

आन्तरिक हवाई भाडा वृद्धि

blog

फाइल तस्बिर ।

काठमाडौं, असार ६ गते । नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै संघले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।

सङघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपियाँदेखि अधिकतम ८४० रुपियाँसम्म वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा ८४० रुपियाँले भाडा बढ्नेछ । 

बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम १६ हजार ८०५ रुपियाँ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौं–सिमरामा ७० ले भाडा बढेर जम्मा ४ हजार १९५ रुपियाँ पुगेको छ । नेपाल आयाल निगमले आइतबार पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपियाँ बढाएको थियो ।