• २८ असार २०८२, शनिबार

खुकुरी प्रहारबाट एक घाइते

blog

अमरराज नहर्की
तनहुँ, असार २७ गते ।
तनहुँको व्यास नगरपालिका– १ भादगाउँमा खुकरी प्रहार गरी घाइते बनाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  सोही वडा निवासी १९ वर्षीय विशाल मल्ल ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ खुकुरी प्रहारबाट सोही ठाउँका ५६ वर्षीय सिद्धबहादुर ठकुरी घाइते भएकाले प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष अशोक थापाले जानकारी दिनुभयो ।

दुई जनाबिच एक आपसमा झगडा हुँदा विशालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । अभियुक्त विशाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो । घाइते सिद्धबहादुर दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।