• १८ असार २०८२, बुधबार

स्रोत नखुलेको साढे दुई लाखसहित एक जना पक्राउ

blog

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार १८ गते ।
स्रोत नखुलेको दुई लाख ५० हजार रुपियाँसहित रौतहटबाट एक जना पक्राउ परेको छ ।

सशस्त्र प्रहरी बल ११ नं. गण रौतहटका  अनुसार गौर  नगरपालिका–२  भन्सार इलाकामा  सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेका रौतहट राजदेवी नगरपालिका –९ ब्रह्मपुरी का ५० वर्षीय जितेन्द्र राउतलाई मङ्गलबार स्रोत नखुलेको सो रकमसहित पक्राउ गरेको हो ।

बि आर  ३०  एल  ६९४७  नम्बरको मोटरसाइकल चेकजाँच गर्दा राउतले हेल्मेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल ११ नं. गण रौतहटका सूचना अधिकारि सशस्त्र प्रहरी नायब उपरीक्षक बसन्त सिंहले बताउनुभयो ।
मोटरसाइकलको मूल्य एक लाख कायम गरी मोटरसाइकल र नगदसहित आवश्यक कारबाहीका लागि राउतलाई गौर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।