• १० असार २०८२, मङ्गलबार

काठेखोला गाउँपालिकाको बजेट ५८ करोड ६९ लाख

blog

काठेखोला गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२-०८३ बजेट प्रस्तुत गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलक । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट) असार १० गते । बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ५८ करोड ६९ लाख ८३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । मङ्गलबार सुल्डाडामा १७ औँ गाउँसभामा काठेखोला गाउँपालिकाको उपाध्यक्ष तेजबहादुर थापा तिलकले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमा सर्शत (चालु)तर्फ ३१ करोड १२ लाख,सशर्त (पुँजीगत)एक करोड ४० लाख,चालु तर्फको खर्च सात करोड ३० लाख, पूर्वाधार विकासमा २ करोड १९ लाख, सामाजिक विकास तर्फ तिन करोड २१ अनुमानित रकम विनियोजन गरेको छ ।

वडागत विनियोजनमा पालिकाभित्रका ८ वटा वडामा तिन करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । पालिकाको दुई वटा गौरवको योजनाका लागि एक करोड, सङ्घ तथा प्रदेश समपुरकतर्फ तिन करोड रकम बजेट विनियोजन गरेको छ । 

यस्तै सङ्घीय सरकार समपुरक अनुदान ढोलकाटे चोक,तङ्ग्राम वडा कार्यालय भवन, सात्लेस हुँदै धम्जा देउराली सडक स्तरोन्तिका लागि १ करोड २१ लाख बजेट नियोजन गरेको छ । पालिकाले आर्थिक विकास कृर्षि,पर्यटन,उद्योग तथा वाणिज्य, सहकारी र वित्तिय क्षेत्रका लागि १ करोड १५ लाख बजेट विनियोजन गरेको छ।