• ९ असार २०८२, सोमबार

ट्याक्टर दुर्घटनामा दुई महिलाको मृत्यु

blog

दुर्घटनामा परेको ट्याक्टर हेर्दै स्थानीय ।

जानु पाण्डे

कपिलवस्तु, असार ९ गते । कपिलवस्तुमा धानको बीउ ओसार्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा दुई महिलाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सोमबार बिहान कपिलवस्तु नगरपालिका –९ दोहनीमा ना. ५ त ३१४० नम्बरको ट्याक्टर पोखरीमा खस्दा दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पङ्कज चुँदालीका अनुसार मृत्यु हुनेमा वडा ८, पश्चिम बेलहवाकी ४० वर्षीय दुर्गावती कोरी र २२ वर्षीय दुर्गावती कोरी छन् ।

प्रहरीका अनुसार पोखरीको डिलमा हालसालै माटो थुपारिएको थियो । लगातारको वर्षाका कारण डिल कमजोर भएपछि अगाडिको पाङ्ग्रा चिप्लिएर ट्याक्टर सिधै पोखरीमा खसेको बताइएको छ । दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।