• १२ असार २०८१, बुधबार

जडाङ्गा नदीमा छ वर्षपछि पुल निर्माण

blog

बडिमालिका नगरपालिका ६–४ को बीचमा पर्ने जडाङ्गा नदिमा निर्माण पक्की पुल । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, असार २ गते । जिल्लाको बडिमालिका नगरपालिका ६ र ४ को बीचमा पर्ने जडाङ्गा नदिमा छ वर्षपछि मात्र बल्ल पुल निर्माणको काम सम्पन्न भएको छ । 

काष्ठमाण्डौ मसिना जेभिले २०७३ साल असार ३० गते सम्झौता गरी २०७५ असार ३० गते मा सम्पन्न गर्ने गरी काम सुरु गरेको थियो । पाँच करोड पाँच लाख १६ हजार नौ सय रुपियाँमा लागत रहेको उक्त पुल  चार वर्ष पछिमात्र सम्पन्न भएको हो । 

ठेकेदारको लापरबाहीका कारण समयमै पुल निर्माणको काम सम्पन्न हुन नसकेको स्थानीय बताएका छन् । तीन वर्षमै काम सम्पन्न गर्छु भनेर पुल निर्माणको जिम्मा लिएका पन्तले सम्मझौता मितिमा काम सम्पन्न गर्न नसेपछि  गत वर्षमा फेरि काष्ठमाण्डौ जेभि प्रालिले उक्त पुल निर्माणको काम सुरु गर्दै आएको थियो ।

नदीमा बेलिब्रिज हुँदा स्थानीयलाई आवतजावतमा सहज हुँदै आएको भएपनि गत वर्षको बाढीपहिरोले उक्त बेलिब्रिज सेमत बगाएपछि केही महिना बाजुराका स्थानीयले मार्तडीमा आवतजावत गर्दा निकै समस्या भोग्दै आउनु परेको थियो । अहिले सो खोलामा पक्की पुल निर्माण भएपछि आउजाउमा सहज हुने भयो भन्दै खुसी छाएको बाजुराका स्थानीयमा खुसी छाएको छ ।

यो पुलको निर्माण कार्यमा ढिलाइ भएको भन्ने समाचार गोरखापत्रमा पटक पटक आएपछि पुल निर्माणको कामले तीब्रता पाएपछि अहिले सो पुल निर्माणको काम सम्पन्न भएको स्थानीयले बताएका छन् ।

नदीमा पानीको बाहक बढ्दै गएकोले पुल निमार्णको काम रोकिएपनि यो वर्षमा पुल निर्माणका काम सम्पन्न भएको काष्ठमाण्डौ जेभि प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताउनुभयो । 

बडिमालिका नगरपालिकाको ६ र ४ मा रहेको जडाङ्गा नदिमा डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको लागि सङ्घीय सरकारबाट रकम विनियोजित भएको थियो । गत वर्षको असोजमै गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातारको पर्दै गएको पानीले काममा अवरुद्ध हुँदै आएको थियो ।

Author

शेरबहादुर सार्की