• १३ पुस २०८१, शनिबार

अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला

blog

जानु पाण्डे

कपिलवस्तु, असार १ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको कर्मचारीले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बिहान ९ः३० बजे ईनडोर रुमको (बिरामी भर्ना गर्ने कक्ष) शौचालयको डस्टविनभित्र फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । 

अन्दाजी ७ महिनाको नवजात शिशु सालनालसहित डस्टविनमा फेला परेपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जेसी शाहले बताउनुभयो । घटनास्थलको मुचुल्का उठाएर अस्पतालमा रहेको सीसीटिभी फुटेज निकालेर अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।