काठमाडौँ, असार ६ गते। नेपाल तरुण दलले असार १५ गतेसम्म सदस्यता वितरण गरी त्यसपछि मात्र अधिवेशन गर्न निर्देशन जारी गरेको छ।
तरुण दलका अध्यक्ष विद्धान गुरुङका अनुसार नेपाली काँग्रेस र पाँचौं महाधिवेशन निर्देशन समितिसँग समन्वय गरी महाधिवेशन छिट्टै सम्पन्न गर्न क्रियाशील भइ देशभरका सबै जिल्लामा अभियान सञ्चालन भएको छ।
उहाँले यसै सन्दर्भमा जिल्ला कार्य समितिले अधिवेशन हुन बाँकी आ–आफ्ना वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिधसभा क्षेत्रमा सदस्यता लिन छुट भएकालाई ध्यानमा राखी २०८२ असार १५ गतेसम्म सदस्यता वितरण गर्न निर्देशनसहितको परिपत्र जारी गरिएको बताउनुभयो।
यसका लागि आवश्यक सदस्यता फारम दलको केन्द्रीय कार्यालयबाट बुझी लिन अनुरोध गरिएको उहाँको भनाइ छ।