• १८ असार २०८१, मङ्गलबार

जिसस गुल्मीमा गठबन्धनको प्यानल बिजयी

blog

तिलाचन पान्डे 

तम्घास, असार १ गते । जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलन बिजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्णबहादुर खत्री बिजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्यौपानलाई पराजित गरी निर्वाचित हुनुभएको हो । खत्रीको १५ र न्यौपानेको मत नौ रहेको छ । 

उपप्रमुख गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तेजेन्द्र सलामी बिजयी हुनुभयो । उहाँले १५ र एमालेकी रमादेबी पुनले नौ मत प्राप्त गर्नुभयो। सदस्यमा महेश्वर भण्डारी,  शेरबहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र नरमाया राना निर्वाचित हुनुभयो । 

एमालेको तर्फबाट सदस्यमा पिताम्बर अर्याल, कृष्णप्रसाद भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ,  सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थी पराजित हुनुभयो ।