• ३१ जेठ २०८२, शनिबार

हिमा गाउँपालिकामा रङ्गशाला बन्ने : तीन करोड बजेट सुनिश्चित

blog

हिमा गाउँपालिका । तस्बिर : नेत्र शाही

नेत्र शाही 
जुम्ला, जेठ ३० गते ।
जुम्लाको हिमा गाउँपालिकामा रङ्गशाला बन्ने भएको छ । नेपाल सरकारले आगमी आर्थिक वर्षमा तीन करोड रुपियाँ बजेट विनियोजन गरेपछि गाउँपालिका स्तरीय रङ्गशाला बन्ने भएको हो ।

गाउँपालिकाको माग अनुसार रङ्गशाला बन्नका लागि बजेट विनियोजना भएको प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले जानकारी दिनुभयो । उहाँले निरन्तरको प्रयासले सरकारले सो कार्यक्रम बजेट सुनिश्चित गरेको बताउनुभयो ।   

लामो समयको प्रयासपछि रङ्गशालाका लागि विनियोजित बजेटले गाउँपालिकामा रङ्गशाला बन्ने निश्चित भएको हो । गाउँपालिकाको माग अनुसार ३ करोड लगानीमा हिमा गाउँपालिकाका लागि रङ्गशाला बन्ने बजेट विनियोजन भएपछि स्थानीय तह केन्द्रित खेल क्षेत्रलाई जोड दिन सकिने छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको सचिवालयले सो कार्यप्रति सांसद लामा र मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको छ । युवा तथा खेलकुल मन्त्रालयअन्तर्गत हिमामा सो आयोजना आगामी आर्थिक वर्षमा बन्ने भएको सांसद लामाले जानकारी दिनुभयो ।  

हिमा गाउँपालिका अध्यक्षको सचिवालयले भनेको छ, ‘‘अब हिमा गाउँपालिकामा सुविधा सम्पन्न खेल मैदान निर्माण हुने भएको छ । जहाँबाट प्रसस्त खेलाडी उत्पादन गर्न सकिनेछ । रंगशाला बनेपछि सिंजा क्षेत्रकै लागि खेल खेल्नका लागि प्रभावकारी हुने भएको हो । गाउँपालिकाले बजेट सुनिश्चित गर्न पहल गर्ने सांसद लामा र मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको छ ।