• २४ जेठ २०८२, शनिबार

दुई चलचित्र प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २४ गते । नेपालका सिनेमा हलमा शुक्रबारबाट नेपाली चलचित्र ‘जन्तेबाख्रो’ र भारतीय चलचित्र ‘हाउसफुल–५’ प्रदर्शनमा आएका छन् । 

हास्यप्रधान ‘जन्तेबाख्रो’ मा एउटा युवाले राम्री सरल वधू पाउन गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ । सिमोस सुनुवार निर्देशित चलचित्रमा सौगात मल्ल शीर्ष भूमिका देखिनुभएको छ भने उहाँसँगै आसिफ शाह र गरिमा शर्मा पनि मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतको अभिनय छ । ‘हाउसफुल ५’ को कथावस्तु ६९ अर्ब पाउन्डका मालिक रञ्जित दोबरियाको उत्तराधिकारी को हुने भन्ने वरिपरि घुमेको छ । तरुण मनसुखानी निर्देशित चलचित्रमा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, सोनम बाजवा, नाना पाटेकर र सञ्जय दत्तसहित चलचित्रमा १९ चर्चित कलाकारको अभिनय रहेको छ ।