• २२ जेठ २०८२, बिहिबार

विष्णुदेवी अस्पताल कीर्तिपुरमा २४ घण्टा सेवा सुरु

blog

काठमाडौँ, जेठ २० गते । कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ घण्टा आकस्मिक सेवा सुरु गरेको छ । अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले सेवा सुरु गर्नुभयो ।  

नगरप्रमुख डङ्गोलले आफूले चुनावी अभियानका क्रममा गरेको  प्रतिबद्धताअनुसार काम भएको उल्लेख गर्दै  अब अस्पताललाई  स्रोतसाधन सम्पन्न बनाइने बताउनुभयो ।   

नगरपालिकाले जनतालाई सस्तो र गुणस्तरीय सेवा दिन खोजेको र यसका लागि वयोधा अस्पतालसँग सम्झौता गरी कीर्तिपुरवासीलाई २०–२५ प्रतिशत छुट र विपन्न वर्गलाई  पाँच वटा शय्या निःशुल्क उपलब्ध गराइने व्यवस्था भएको जानकारीसमेत दिनुभयो ।

कार्यक्रममा अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा अरुण गौतमले अस्पतालले आकस्मिक सेवासँगै इको कार्डियोग्राफी, २४ घण्टा बर्थिङ सेन्टर र प्रयोगशाला सेवासमेत सुरु गरेको जानकारी दिनुभयो । यसले प्राथमिक उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता नहुने उहाँले बताउनुभयो ।   

नगर उपप्रमुख सुनिता शाक्यले विष्णुदेवी अस्पतालको सेवालाई थप स्तरीय बनाउन स्थान अभावको समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।