• २१ जेठ २०८२, बुधबार

राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न

blog

राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न । तस्बिर : न्युज एजेन्सी नेपाल

ललितपुर, जेठ १९ गते । स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ । राजा वीरेन्द्रको २४ औँ स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमबार जावलाखेलस्थित शालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो । 

सभामा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता र ध्रुवीकरण बढिरहेको तथा शान्ति र अमनचैन खल्बलिएको उल्लेख गर्दै यस अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता समेत बढ्दै गएको उल्लेख गर्नुभयाे । 

समुदायमा द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण गर्नसके शान्ति स्थापना सम्भव हुने अध्यक्ष खनालको भनाइ छ । राजा वीरेन्द्रको शान्ति अभियानलाई सार्थकता दिने, विकासका अवधारणालाई अवलम्वन गर्ने, विकासलाई विकेन्द्रीकरण गर्दै प्रदेश खारेज गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेको समेत बताउनुभयो । 

उहाँले भन्नुभयो, "नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गर्नुभएका प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रण आवश्यक भएकाले प्रतिष्ठान सबैलाई एकबद्ध हुन आग्रह गर्दछ । आज एकातिर राजनीति अस्थिरता र ध्रुवीकरण बढिरहेको छ र अर्कोतर्फ शान्ति र अमनचैन खल्बलिएको अवस्था छ । वीरेन्द्र शान्ति सँगसँगै विकासप्रेमी राजाको पनि पहिचान बनाएका राजा हुन् । आजको विश्वका विभिन्न देशहरूबिच द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण मात्र गर्न सकियो भने पक्कै पनि शान्ति स्थापना सम्भव छ।’

उहाँले दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा हुँदा पनि अझै गुपचुप र रहस्यमयी नै हुनु बिडम्वना भएको बताउनुभयो । उहाँले हत्यारा पत्ता लगाई सत्यतथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन समेत सरकारसँग माग गर्नुभयो ।