काठमाडौँ, जेठ १८ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्रीदर १३७ रुपियाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ८३ पैसा र बिक्रीदर १५५ रुपियाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ११ पैसा र बिक्रीदर १८४ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ ७३ पैसा र बिक्रीदर १६६ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७३ पैसा र बिक्रीदर ८८ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९३ पैसा र बिक्रीदर ९९ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८२ पैसा र बिक्रीदर १०६ रुपियाँ २९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १६ पैसा र बिक्रीदर चार रुपियाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १० पैसा र बिक्रीदर ३२ रुपियाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९१ पैसा र बिक्रीदर ९ रुपियाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २६ पैसा र बिक्रीदर १४ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ९१ पैसा र विक्रीदर ३५६ रुपियाँ ४६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस