साहारा लिम्बू
फुङ्लिङ, जेठ १७ गते । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ म्याराथन प्रतियोगितामा पुरुषतर्फको उपाधि ताप्लेजुङका धावक र महिलातर्फको उपाधि भोजुपरकी धाबिकाले हात पार्नु भएको छ ।
प्रतियोगितामा ताप्लेजुङका विविसन लिम्बूले निर्धारित दुुरी १ घण्टा १२ मिनेट १५ सेकेन्डमा पार गर्दै उपाधि हात पार्नु भएको हो । यस्तै महिला तर्फ भोजपुरकी जुनी राई प्रथम हुनुभएको छ । उहाँले १ घण्टा ३६ मिनेटमा निर्धारित दुरी पार गर्नु भएको म्याराथन व्यवस्थापन संयोजक अमिर राइले जानकारी दिनुभयो ।
यस्तै पुरुष तर्फ दोस्रो फिदिम पाँचथरका विसाल राई र तेस्रो मिक्वाखोला गाउँपालिकाका प्रकाश लिम्बू हुनुभएको छ । उहाँहरुले क्रमश १ घण्टा १२ मिनेट १८ सेकेन्ड र १ घण्टा १४ मिनेटमा निर्धारित दुरी पार गर्नुभएको छ ।
त्यस्तै १ घण्टा ३७ मिनेटमा निर्धारित दुरी पार गर्दै महिला तर्फ मिक्लाजुङ पाँचथरका पुस्पा शेर्मा हुनु भएको छ । तेश्रो हुनु भएकी भोजपुर रामप्रसाद गाउँपालिकाकी विनिता राईले १ घण्टा ५० मिनेटमा निर्धारित दुरी पार गर्नु भएको छ ।
पुरुष तथा महिलातर्फको विजेताले समान ४०–४० हजार नगर पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै द्धितियलाई ३०–३० हजार र तृतिय बन्ने प्रतियोगिलाई २०–२० हजार रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाको प्रचारप्रसारका लागि सिदिङबा गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता सादेवाको थामडाँडादेखि धामसम्म दौड सञ्चालन गरिएको थियो ।
सदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवद्र्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।