• १८ जेठ २०८२, आइतबार

अनिवार्य नगद मौज्दातको सीमा बढाइयो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १७ गते । बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा आइतबारदेखि लागु हुने गरी बढाएको हो । एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले राख्नुपर्ने अनिवार्य नगद मौज्दातको दैनिक ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैङ्कमा राख्नुपर्ने हुन्छ । सोही व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातबापत बैङ्कले दैनिक राष्ट्र बैङ्कमा न्यूनतम ९० प्रतिशत राख्नुपर्ने हुन्छ । जुन यसअघि अनिवार्य नगद मौज्दातबापत राखिने चार प्रतिशतको ७० प्रतिशत राख्दा पुग्थ्यो ।