काठमाडौँ, जेठ १३ गते । प्रथम महामन्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ४१ विद्यालयका ६३ टोलीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी दिनुभयो ।
सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टिमले भाग लिने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ८० हजार रुपियाँ खर्च हुने महामन्जुश्रीका प्रशासन प्रमुख केशव मरासिनीले जानकारी दिनुभयो ।
लिग कम नकआउट आधारमा दुईदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिका वडा–५, सीतापाइलास्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।