• २४ जेठ २०८२, शनिबार

सल्यान बारमा भण्डारी

blog

नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर भण्डारी । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, जेठ १३ गते । नेपाल बार एशोसिएशन सल्यानको नयाँ नेतृत्व चयन भएको छ । सल्यान जिल्ला अदालत बार इकाइ सल्यानको १२ औं अधिवेशनबाट अधिवक्ता इन्द्रबहादुर भण्डारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो। 

सोमबार चयन भएको नयाँ कार्य समितिमा गिर्दल बोहरा उपाध्यक्ष, विष्णु शर्मा सचिव, डम्बर वली कोषाध्यक्ष, सदस्यहरुमा थलबहादुर भण्डारी, घनश्याम भण्डारी, टिकाराम वली, एकदेव शर्मा र सन्तोषकुमार राई सदस्यमा निर्वाचित हुनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष भण्डारीले बार एशोसिएसनलाई थप सुदृढ बनाउँदै न्यायिक प्रक्रियामा आम नागरिकको पहुँच सरल र प्रभावकारी बनाउने अठोट व्यक्त गर्नुभयो। सल्यानमा कार्यरत कानुन व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको नेपाल बार एशोसिएसनले न्यायिक प्रणालीलाई प्रभावकारी बनाउने, अधिवक्ताहरूको पेशागत हकहितको संरक्षण गर्ने र नागरिकलाई कानुनी जानकारी तथा परामर्श उपलब्ध गराउनका लागि अझै प्रभावकारी काम गर्ने जनाएको छ । 

अधिवेशनबाट निवर्तमान अध्यक्ष चन्द्र प्रकाश वली (सिपी) केन्द्रीय पार्षदमा चयन हुनुभएको छ । सल्यान बार एशोसिएसनको नयाँ कार्यसमितिले कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच र विधिको शासन स्थापनाको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।