• २४ जेठ २०८२, शनिबार

चितुवाको आक्रमणबाट गम्भीर घाइते

blog

फाइल तस्बिर

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), जेठ १३ गते । कुखुरा खान खोरमा पसेका चितुवाले आक्रमण गर्दा स्याङ्जाको वालिङमा एक जान घाइते हुनु भएको छ । वालिङ नगरपालिका –११ तल्लो पेखुका ४५ वर्षीय मुक्तबहादुर थापा आफ्नो कुखुराको खोरमा पसेको चितुवाको आक्रमणबाट घाइते हुनु भएको हो ।

घरनजिक रहेको कुखुराको खोरमा मङ्गलबार विहान साढे १ बजेतिर चितुवा पसेको जानकारी पाएपछि खोरमा पुग्नु भएका थापालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । 

घाइते थापाको गह्रौं प्राथमिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । थापाको टाउको र बायाँ हातमा चोट लागेको छ । चितुवाको आक्रमणबाट खोरमा रहेकामध्ये २ वटा कुखुरा मरेको र २ वटा घाइते भएको प्रहरीको भनाइ छ ।