• ३ असार २०८२, मङ्गलबार

युवालाई विदेश पठाएर मुलुक बन्दैन : शिक्षामन्त्री पन्त

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभएको छ । सोमवार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँँले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताउनुभयो । अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सोच्न जरुरी रहेको उहाँको भनाइ छ ।  उहाँले बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह पनि गर्नुभयो । भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न उहाँको आग्रह छ । 

मन्त्री पन्तले भन्नुभयो, ‘युवा पुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र अगाडि बढ्छ । त्यसैले मूल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने ? मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इण्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले शुरुदेखि कुन–कुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेण्ट नै बनाउन लगाएँ । हामीले यहँँ प्राइभेट लगानी बन्द गरेर जान सक्छौँ ?’ मन्त्री पन्तले नेपालको शिक्षा क्षेत्रलाई अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।