• २६ जेठ २०८२, सोमबार

गाजामा आपूर्तिमा प्रतिवन्द नलगाउन इजरायललाई दबाब

blog

क्यानबेरा, जेठ १२ गते । इजरायलले गाजामा अतिआवश्यक सामानको आपुर्तिमा प्रतिबन्ध लगाउनु ‘अस्वीकार्य’ कदम भएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इजरायलको निन्दा गर्नुभएको छ । 

अल्बानिजले सोमबार गाजामा सङ्कटमा परेका मानिसहरूलाई खाद्यान्न लगायतका अत्यावश्यक आपूर्तिमा गरेको नाकाबन्दीले आफुलाई ‘आक्रोशित’ बनाएको बताउनुभएको छ ।

इजरायलको बहाना र स्पष्टीकरणहरू अस्थिर र विश्वसनीयता बिनाका भएको उहाँले बताउनुभएको छ । मानिसहरू भोकभोकै अवस्थामा गुज्रिरहेको र एउटा स्वायत्त लोकतान्त्रिक राज्यले आपूर्ति कायम राख्न पाउनुपर्ने उहाँले बताउनुभएको छ ।

यस्तै अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मे महिनामा जर्मनी, फ्रान्स र बेलायत लगायतका २२ देशका समकक्षीहरूसँग मिलेर इजरायललाई गाजामा तत्काल सहायता पुनः सुरु गर्न अनुमति दिन र राष्ट्र सङ्घका संस्थाहरूलाई जीवन बचाउन अनुमति दिन आग्रह गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामको अस्ट्रेलियाली शाखाले सोमबार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाले ८२ प्रतिशत अस्ट्रेलियालीहरू इजरायलले गाजालाई  लगाएको नाकाबन्दी ‘उचित नभएको’ देखाएको छ । रासस/सिन्ह्वा