काठमाडौँ, जेठ १२ गते । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता कोइरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आपूm स्पष्ट भएको बताउनुभएको हो ।
गृहमन्त्रीले एक इन्च पनि गल्ती नगरेको र उहाँमाथि लगाइएका सबै आरोप गलत भएको दाबी गर्नुहुँदै मङ्गलबारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्च पनि उहाँले गल्ती गर्नुभएको छैन । जति पनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लान्छना लगाइएको छ, त्यो गलत हो । भोलि उहाँले संसदमा जवाफ दिनुहुनेछ ।’’
नेता कोइरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताउनुभयो ।
यसैगरी, उहाँले पार्टी चलाउन सङ्गठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै सङ्गठनलाई निकास दिनका लागिमात्रै बैठकहरु गरिरहेको स्पष्ट पार्नुभयो ।