काठमाडौँ, जेठ ९ गते । प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको गीत ‘दिल आफ्नै थियो’ सार्वजनिक भएको छ । गीत फाक्थुंगलुंग इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गायक नारायण थापा र नित्यशिवको स्वर रहेको छ ।
शंकर अधिकारी घायलको शब्द, बिकास चौधरीको संगीत, सुबिन गोदारको छायांकन रहेको गीतमा राकेश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन रहेको छ । गीतमा मन आफ्नो भएपनि अरुको लागि मायामा धड्किने प्रेमिल भावलाई भिडियो मार्फत प्रकट गर्न खोजिएको छ ।