लीलाधर वली
घोराही, जेठ ७ गते । दाङको देउखुरीमा हावाहुरीका कारण २० वटा विद्युत पोलसँगै दुई वटा ट्रान्सफर्मरमा क्षति पुर्याउँदा राजपुरमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
मंगलबार बिहान आएको हावाहुरीका कारण राजपुर गाउँपालिका–५ सालभौरीदेखि जंग्रहवासम्म गाडिएका विद्युत पोलसँगै ट्रान्सफर्मरमा क्षति गर्दा मंगलबार बिहानदेखि राजपुरमा विद्युत सेवा अवरुद्ध भएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय लमहीका प्रमुख युवराज रावतका अनुसार हावाहुरीले रुख ढालेर तार चुडिएर विद्युत अवरुद्ध भएको हो ।