• १६ असार २०८१, आइतबार

खोलाले बगाउँदा तनहुँमा एकको मृत्यु

blog

तनहुँ, जेठ २८ गते । खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१० कुखुरे खोला बस्ने ५२ वर्षीय यामबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घर जाने क्रममा बामताङ खोलामा आईरहेको भेल तर्ने क्रममा बिकको बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

सो खोलाले शुक्रबार साँझ बगाएर बेपत्ता बनाएकोमा शनिबार विहान ७ बजे चार सय मिटर तल ब्राहा खोलाको छेउमा मृत अवस्थामा भेटिएको खड्काले जानकारी दिनुभयो । 

Author

अमरराज नहर्की