• २७ वैशाख २०८२, शनिबार

नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा

blog

सशस्त्र सीमाबल चेकपोस्ट भीमनगर सुपौल । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), वैशाख २७ गते । छिमेकी दुई देश भारत र पाकिस्तानबिच आपसी द्वन्द्व चर्किएपछि सप्तरीको नेपाल–भारत सुरक्षा सिमा क्षेत्रमा चेकजाँच र सतर्कता बढाइएको छ ।

भारतबाट नेपाल आउने र नेपाबाट भारत जानेहरूको चेकजाँच गरी परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिने गरेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लाको हामी सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रको निरीक्षण गर्दै सीमामा उच्च सुरक्षा सतर्कता बढाएका छौँ ।’

सशस्त्र सुरक्षा बल सप्तरीले पनि भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर संयुक्त रूपमा चेकजाँच गरिरहेको छ । सप्तरीमा ७८ किलोमिटर भारतसँग सिमा जोडिएको सबै नाकामा सुरक्षा व्यवस्था कडा राख्न बाेर्डर आउटपोस्ट बिओपीलाई सक्रिय बनाएको उहाँले जानकारी दिनुभएको छ ।