नेपालको पशुपालन क्षेत्र देशको कृषि अर्थतन्त्रको आधारभूत स्तम्भ हो, जसले ग्रामीण क्षेत्रको जीविकोपार्जन, पोषण सुरक्षाको सुनिश्चितता, र कृषि–उद्योगको स्थायित्वमा प्रत्यक्ष योगदान पु¥याउँछ । गाई, भैँसी, बाख्रा, कुखुरालगायतका पशुपन्छीले किसानको आम्दानी मात्र होइन, सामाजिक संरचनाभित्रको आत्मनिर्भरता र खाद्य आपूर्तिको निरन्तरतासमेत निर्धारण गर्छन् । यति महत्वपूर्ण क्षेत्रलाई सुदृढ बनाउन महामारी फैलिँदा प्रणालीका सुधारका अवसर स्पष्ट हुने गर्छन् । ‘लम्पिस्किन’ रोगले यही कुरा प्रमाणित गरेको छ । सन् २०२० मा मोरङबाट सुरु भएर देशैभर फैलिएको यस भाइरसजन्य रोगले हजारौँ पशुले मृत्युवरण गर्नुका साथै किसानको जीवनमा ठुलो असर पा¥यो । यद्यपि, यो केवल एक स्वास्थ्य चुनौती मात्र थिएन, यो पशु स्वास्थ्य, जनशक्ति व्यवस्था, औषधि आपूर्ति, सूचना प्रणाली र पूर्वतयारीका क्षेत्रमा सुधारका अवसरको पहिचान गर्न मद्दत पु¥याउने सङ्केत थियो । यस्ता चुनौतीले नीति सुधार, पूर्वाधार सुदृढीकरण र दीर्घकालीन सोचलाई प्रोत्साहित गर्दै सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गर्न सक्छन् ।
नेपालको कृषि प्रणालीमा पशुपालनले निर्वाहमुखी अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ प्रोत्साहित गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यद्यपि, पशु स्वास्थ्यको महत्वलाई थप प्राथमिकता दिइनु पर्छ भन्ने आवश्यकता महसुस भएको छ ।
‘लम्पिस्किन’ रोगको महामारीले भने यो धारणा पूर्ण रूपमा बदलिदियो । देशभर फैलिएको यो रोगले दुध उत्पादनमा तीव्र गिरावट ल्यायो, मासु उद्योगमा आपूर्ति सङ्कट देखियो, कृषकले लाखौँ रुपियाँ बराबरको पशुधन गुमाए र कृषकमा निराशासमेत चुलियो । यसले स्पष्ट पार्छ कि पशु स्वास्थ्य केवल कृषिको एक अंश मात्र होइन, खाद्य सुरक्षा, ग्रामीण जीवनस्तर र समग्र आर्थिक स्थिरतासँग गहिरो सम्बन्धित विषय हो । रोग नियन्त्रणको तयारी र प्रतिक्रिया प्रणालीमा सुधारको आवश्यकता रहेको उजागर गर्दै, आपत्कालीन आपत्कालीन व्यवस्थापनको पुनरवलोकन आवश्यक भएको देखायो । यो सङ्कटले स्पष्ट सङ्केत ग¥यो कि अब पशु स्वास्थ्यलाई स्वास्थ्य नीति र राष्ट्रिय विपत् व्यवस्थापन नीतिसँग एकीकृत रूपमा समन्वय नगरी दिगो पशुपालन सम्भव छैन ।
नेपालको पशु स्वास्थ्य प्रणालीमा रोग देखा परेपछि मात्र उपचारका उपाय खोज्ने परिपाटीले ‘लम्पिस्किन’ रोगको महामारीलाई थप चुनौतीपूर्ण बनायो तर अब यसले पूर्वानुमान र रोकथामका उपायमा सुधार ल्याउनका लागि नयाँ अवसरको ढोका खोल्ने काम गरिरहेको छ । प्रारम्भिक सतर्कता र पूर्वतयारी हुन नसक्दा लाखौँ पशु सङ्क्रमित भए, हजारौँ मरे र किसानको जीवनयापनमा गम्भीर सङ्कट आयो । यसले स्पष्ट सङ्केत ग¥यो कि ‘रोग पूर्वानुमान प्रणाली’ अब कुनै विलासिता होइन, दिगो पशुपालन र खाद्य सुरक्षाको आधार हो ।
यस दिशामा अगाडि बढ्न सङ्क्रामक पशु रोगसम्बन्धी तथ्याङ्कको सर्भिलेन्स प्रणाली निर्माण गर्नु आवश्यक छ । जसले गाउँ–गाउँका घटनाको विवरण केन्द्रमा समयमै पु¥याएर तत्काल निर्णयमा सहयोग पु¥याओस् । मौसम अवस्था, पशु घनत्व, मानव गतिविधि तथा विगतको रोग इतिहासका आधारमा वैज्ञानिक रूपमा विकसित रोग पूर्वानुमान मोडेल तयार गर्नु आवश्यक छ, जसले सम्भावित सङ्क्रमणको अग्रिम चेतावनी प्रदान गर्न सकोस् । यी प्रणालीसँग समन्वय गर्दै, खोपको सुरक्षित भण्डारण, तात्कालिक आपूर्ति योजना र स्थानीयस्तरमा दक्ष र सक्रिय प्रतिकार्य टोलीको परिचालन सुनिश्चित गर्नु अब प्राथमिकता बन्नु पर्छ । यस्ता पहलहरूले पशु स्वास्थ्य प्रणालीलाई अगाडि बढिरहेको, सुदृढ र उत्तरदायी बनाउँदै भविष्यका सङ्कटलाई न्यूनतम असरमा सीमित गर्न सक्ने छ । पशु स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोग, तथ्य विश्लेषण र बहुसरोकारवालाको समन्वयबाट मात्रै भविष्यका सङ्कटलाई न्यून गर्न सकिन्छ । अब तयारी होइन, पूर्वतयारी अपरिहार्य भएको छ ।
‘लम्पिस्किन’ रोगको महामारी नियन्त्रणका क्रममा नेपालले खोप आयातमा निर्भर रहनु प¥यो । टर्की, तान्जानिया, जोर्डन जस्ता देशहरूबाट आपूर्ति गरिएको खोपले तत्काल राहत दियो भने पनि दीर्घकालीन सुरक्षा दिन स्वदेशमा ‘लम्पिस्किन’ रोगविरुद्ध खोप उत्पादनको पूर्वाधारको विकास गर्नुको विकल्प छैन । दिगो पशु स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न अब यो खोपमा पनि आत्मनिर्भरता अपरिहार्य छ । नेपालले सर्वप्रथम ‘मास्टर सिड’ को प्राप्ति तथा यसमा आधारित खोप विकास अनुसन्धानमा लगानी गर्नु पर्छ । यस्तै, सरकारी–निजी साझेदारीमार्फत उच्च गुणस्तरको खोप उत्पादन गर्नु आवश्यक छ, जसले मात्र आयातको विकल्प दिन सक्छ । उत्पादन प्रक्रियामा विश्व पशु स्वास्थ्य सङ्गठनद्वारा स्वीकृत प्राविधिक संरचना र गुणस्तर मापदण्ड पालना अनिवार्य हुनु पर्छ । खोप उत्पादनमा आत्मनिर्भरता हासिल भएपछि न केवल ‘लम्पिस्किन’ रोग तर भविष्यमा देखिन सक्ने अन्य पशु रोगका लागि पनि सशक्त र समयमै प्रतिकार्य गर्न सकिने छ । खोपको आत्मनिर्भरता अब विकल्प होइन, राष्ट्रिय आवश्यकता हो ।
नेपालको ग्रामीण समाज कृषिमा आधारित भए तापनि पशु स्वास्थ्य सेवाको पहुँच अझै कमजोर छ । ‘लम्पिस्किन’ रोग महामारी फैलिँदा अधिकांश पालिकामा पशु चिकित्सकको अभावका कारण किसानहरूले औषधी, उपचार र आवश्यक सल्लाहसमेत पाउन सकेनन् । यसले देखाएको वास्तविकता के हो भने पशु स्वास्थ्य जनशक्तिको अभाव केवल सेवाको कमजोरी होइन, यो महामारी नियन्त्रणमा बाधक पनि हो ।
प्रत्येक स्थानीय पालिकामा स्थायी रूपमा कम्तीमा एक पशु चिकित्सकको पदपूर्ति अनिवार्य गर्नु पर्छ । वडास्तरमा पशु स्वास्थ्य प्राविधिकको स्थायी व्यवस्था गरी आधारभूत सेवा सुनिश्चित गर्नु पर्छ । विकट र दुर्गम क्षेत्रलाई लक्षित गर्दै मोबाइल पशु स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने छ, जसले आकस्मिक अवस्थामा तत्काल राहत दिन सक्ने छ । यसले महामारी नियन्त्रणमा मात्र नभई, पशुहरूको नियमित स्वास्थ्य परीक्षण, खोप कार्यक्रम, पोषण व्यवस्थापन र उत्पादन वृद्धि जस्ता दैनन्दिन अभ्यासमा पनि दीर्घकालीन लाभ पु¥याउँछन् । पशु स्वास्थ्य सेवा र जनशक्तिमा गरिएको लगानीलाई अब ग्रामीण समृद्धि र दिगो कृषि विकासतर्फको दूरदर्शी कदमको रूपमा लिनु पर्छ ।
‘लम्पिस्किन’रोग फैलिएको सुरुवाती चरणमा रोगको कारण फैलावट तथा कृषकले अपनाउनु पर्ने सावधानीको विषयमा पर्याप्त जानकारी प्रवाह हुन नसक्दा भ्रमको अवस्था देखियो । उपभोक्ता र किसानबिच दूध वा मासुबाट रोग सर्छ भन्ने गलत धारणासमेत फैलियो । यद्यपि विश्व पशु स्वास्थ्य सङ्गठन र विभिन्न वैज्ञानिक अनुसन्धानले स्पष्ट गरेका छन् कि ‘लम्पिस्किन’रोग मानिसमा सर्दैन, तथापि सही सूचना नपुग्दा बजारमा भय फैलियो, दुध बिक्री ठप्प भयो र किसान आर्थिक सङ्कटमा परे । यो घटनाले के देखायो कि महामारी नियन्त्रणमा केवल औषधी वा खोप मात्रै पर्याप्त हुँदैन समयमा नै सही सूचनाको प्रवाहसमेत समान रूपमा महìवपूर्ण हुन्छ । त्यसैले टेलिभिजन, रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत वैज्ञानिक तथ्यमा आधारित र सरल भाषामा सूचना प्रवाह आवश्यक हुन्छ भने गाउँगाउँमा पशु स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रम र विद्यालय तहमा पशु स्वास्थ्य र रोग सचेतना समेट्ने शिक्षाको थालनी गर्नु आवश्यक छ । सही समयमा सही सूचना पनि महामारी व्यवस्थापनको एक औषधी हो ।
‘लम्पिस्किन’ रोग जस्ता पशु महामारीहरूले केवल सरकारी संयन्त्रको भरमा प्रभावकारी रोग नियन्त्रण सम्भव छैन छ । महामारीको समयमा औषधी आपूर्ति, खोपको आयात र वितरण, सूचना प्रवाह, तथा किसान अभिमुखीकरणमा देखिएको केही चुनौतीले प्रणालीलाई अझ सशक्त बनाउने आवश्यकतालाई उजागर ग¥यो । यिनै अनुभवहरूले समग्र पशु स्वास्थ्य सेवा प्रवाहमा विविध पक्षको सक्रिय सहकार्य अपरिहार्य भएको देखाएको छ । यस सन्दर्भमा, सार्वजनिक–निजी साझेदारी मोडेलमा आधारित एकीकृत प्रणाली विकास गर्न आश्यकता महसुस भएको छ, जसले समयानुकूल स्रोत, सेवा र सूचनाको प्रभावकारी संयोजनमार्फत पशुपालन प्रणालीलाई थप सक्षम, पहुँचयोग्य र दिगो बनाउन मद्दत पु¥याउँछ । निजी क्षेत्रसँग लचकता, प्रविधि पहुँच र कार्यगत चुस्तता हुन्छ भने सरकारसँग संरचना, नीतिगत सहजीकरण र सेवा पहुँचको दायित्व हुन्छ । यी दुईबिच समन्वय हुन सकेमा खोप उत्पादनदेखि वितरणसम्म, औषधीको उपलब्धता, पशु बिमा सेवा, र तालिम अभिमुखीकरणलगायतका कृषक शिक्षाका कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन सकिन्छ । सहकारी संस्था, सामुदायिक समूह र नागरिक समाजको समावेशले सेवा सुलभ बनाउने छ । अब पशु स्वास्थ्य क्षेत्रमा एएए मोडेलमा आधारित स्थायी रणनीति निर्माण गरी, महामारीको सामना गर्न मात्र होइन, नियमित सेवा सुधार र ग्रामीण समृद्धिको आधार निर्माण गर्नु पर्छ । साझा प्रयासले मात्र समग्र प्रणालीलाई सक्षम बनाउन सकिन्छ ।
‘लम्पिस्किन’ रोगको महामारीले ६५ हजारभन्दा बढी पशुको मृत्युको अनुमान गरेको छ, जसले किसानको सम्पत्ति र जीवनयापनमा गम्भीर असर पु¥यायो । यस सङ्कटको सन्दर्भमा, नेपालमा प्रभावकारी पशु बिमा योजनाको आवश्यकता स्पष्ट भइसकेको छ । अब पशु बिमा प्रक्रियालाई सरल, सुलभ र पारदर्शी बनाउन आवश्यक छ ताकि किसानलाई तीव्र राहत र वित्तीय सुरक्षा प्राप्त होस् । किसानको हितमा लक्षित राहत योजनालाई सहज र पहुँचयोग्य बनाउनु पर्ने छ । यसका लागि, प्रभावित क्षेत्रका किसानलाई क्षतिपूर्ति र सहुलियत ऋणको सुविधा उपलब्ध गराउनु पर्ने छ, जसले तिनीहरूको आर्थिक पुनर्थापनामा सहयोग पु¥याउँछ । यस प्रकारको वित्तीय सुरक्षा नीति लागु गर्दा, भविष्यमा कुनै पनि महामारी वा सङ्कटको अवस्थामा पशुपालन क्षेत्रको विश्वास कायम राखी किसानलाई सङ्कटको समयमा सहारा दिने छ र दीर्घकालीन रूपमा पशुपालन प्रणालीको स्थिरता र प्रगति सुनिश्चित गर्ने छ ।
‘लम्पिस्किन’ रोग केवल एक महामारी थिएन, यो चेतनाको एक महत्वपूर्ण क्षण थियो । यसले पशु स्वास्थ्य प्रणालीका संवेदनशील पक्षहरूलाई उजागर गरे पनि, सुधार र सशक्तीकरणका बहुआयामिक सम्भावना पनि देखायो । सङ्कटले रणनीति, पूर्वाधार, जनशक्ति र जनचेतनाका क्षेत्रमा थप ध्यान आवश्यक रहेको सङ्केत ग¥यो, जसबाट हामी दीर्घकालीन सुधारको दिशामा अगाडि बढ्न सक्छौँ । अब, नीति, योजना र कार्यान्वयनमा गहिरो प्रतिबद्धतासहित दीर्घकालीन सोच आवश्यक छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको उपयोग र सार्वजनिक–निजी साझेदारीलाई सुदृढ गर्दै नेपालले पशुपालन क्षेत्रमा आत्मनिर्भरता, संवेदनशीलता र सुरक्षा प्राप्त गर्न सक्ने छ । सिकाइलाई व्यवहारमा रूपान्तरण गरियो भने, पशुपालन क्षेत्रले न केवल पुनरुत्थान गर्ने छ, नयाँ समृद्धिको युग आरम्भ गर्ने छ । पशु स्वास्थ्य र कृषि प्रणालीको सुदृढीकरणले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ, यही हाम्रो साझा जिम्मेवारी हो ।
‘लम्पिस्किन’ रोग जस्ता सङ्क्रामक पशुरोग केवल पशुधनमा मात्र होइन, किसानको जीवनयापन, आपूर्ति शृङ्खला र समष्टिगत अर्थतन्त्रमा प्रभाव पार्न सक्छन् । यस्ता रोगको समयमै रोकथाम, निगरानी र नियन्त्रणका लागि स्पष्ट, प्रभावकारी र समन्वित कानुनी ढाँचा आवश्यक छ । यसै सन्दर्भमा, सङ्क्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक समय सापेक्ष आवश्यकता हो, जसले रोगको जोखिम मूल्याङ्कन, अनिवार्य रिपोर्टिङ, नियन्त्रण, क्वारेन्टिन र खोप व्यवस्था जस्ता विषयलाई कानुनी स्पष्टता दिने छ । प्रभावित किसानलाई उचित क्षतिपूर्ति र पुनस्र्थापना उपलब्ध गराउनु दीर्घकालीन विश्वास निर्माणको आधार हो । पशु बिमा प्रणालीको सुदृढीकरण, प्रभावकारी राहत वितरण र पुनः उत्पादनमा सहयोग दिने आर्थिक तथा प्राविधिक व्यवस्था सुनिश्चित गर्नु आवश्यक छ । नीतिगत र कानुनी पूर्वाधार व्यवहारमा उतार्न सक्ने कार्यान्वयन क्षमता विकास गरी नेपालको पशुपालन क्षेत्र सजग, सुदृढ र समृद्ध भविष्यतर्फ लैजानु हामी सबैको दायित्व हो ।