गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २७ गते । चलचित्र ‘महाराज धिराज’ मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । यसै क्रममा नायिका वर्षा शिवाकोटीलाई निर्माण पक्षले अनुबन्ध गरेको छ । आर्यन सिग्देल, रमेश उप्रेती र पल शाहपछि वर्षालाई अनुबन्धित गरिएको हो ।
चल्ती र नाम चलेका कलाकारको बाहुल्य रहेको चलचित्रप्रति अपेक्षा पनि बढ्दै गएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा जयकिसन बस्नेतको पनि महत्वपूर्ण भूमिका रहेको बताइएको छ । परिच्छेद सेनले निर्देशन गर्नुभएको चलचित्र दसैँको वरिपरि प्रदर्शन हुने तयारी निर्माण पक्षले गरेको छ ।