• २० जेठ २०८२, मङ्गलबार

दैलेख उद्योग वाणिज्य सङ्घको अध्यक्षमा थापा निर्वाचित

blog

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएका प्रदाधिकारी । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट

पञ्चकोशी(दैलेख) वैशाख २६ गते । निजी क्षेत्रको छाता संस्था दैलेख उद्योग वाणिज्य सङ्घको ११ औँ साधारण सभा तथा दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । थापाले निकटतम प्रतिस्पर्धी राजेशकुमार हमाललाई एक सय १६ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

दैलेख सदरमुकाममा भएको निर्वाचनमा थापाले तीन सय ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १६ जना सदस्यहरु पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएको हो ।

उहाँका प्रतिद्वन्द्वी राजेशकुमार हमालले २ सय १५ मत पाउनुभएको थियो । बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान घोषणा गरिएको हो । 

यसैगरी, सदस्यहरुमा  कुमार प्याकुरेल, गगनबहादुर कार्की, ध्रुवविक्रम थापा, प्रकाश गहतराज, राधा पंगाली ज्ञवाली, रामबहादुर बिक, सन्तोष श्रेष्ठ ,कविराज ठगुल्ला, भेषराज भण्डारी, ओमकार कोइराला, कालु सिंह, बोगटी, गंगप्रसाद जैसी, पुण्यप्रसाद शर्मा, विष्णुकुमारी जैसी र शंकर श्रेष्ठ  योगेन्द्रप्रसाद सिग्देल निर्वाचित हुनुभएको छ । 

थापाले दैलेख उद्योग वाणिज्य सङ्घको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।