• २५ जेठ २०८२, आइतबार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको शपथ

blog

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।