• २० वैशाख २०८२, शनिबार

ज्येष्ठ नागरिकलाई सम्मान

blog

नगरपालिकाका ज्येष्ठ नागरिक सम्मानित हुँदै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख २० गते ।
रौतहटको माधवनारायण नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रम बिच नगरपालिकाको नौ वटै वडाभित्र रहनुभएका ८५  वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको नगर प्रमुख बैजनाथप्रसाद यादवले बताउनुभयो ।

हाम्रो अभिभाक हाम्रो पहिचान नाराका साथ १४० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुशीको अनुभूति भएको नगर प्रमुख यादवले बताउनुभयो । 

ज्येष्ठ नागरिकको साथमा स्थानीय सरकार रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत झुल, साल, बिस्कुट, च्यबनप्रास तथा इमरजेन्सी लाइट वितरण गरिएको प्रमुख प्रशाकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिनुभयो । 

वडा नं. २ का रामसागर देवी यादवले आफ्नो जीवनमा पहिलो चोटि सम्मानित भएकोमा  नगरपालिकालाइ धन्यवाद ज्ञापन गर्नुहुँदै आउँदा दिनमा समेत नगरपालिकालाइ ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाइ निरन्तरता दिन सुझाव दिनुभयो ।