• ७ वैशाख २०८२, आइतबार

बाजुरामा ग्याँस भन्दा बढी दाउराको प्रयोग

blog

शेरबहादुर सार्की

बाजुरा , वैशाख ७ गते । बाजुराका अधिकांश  गाउँ घरमा खाना पकाउन ग्याँस भन्दा बढी दाउराको प्रयोग हुने गरेको छ । गाउँ बस्ती नजिक वन जङ्गल भएको र दाउरा पनि प्रशस्त पाइने हुँदा यहाँका स्थानीयहरूले ग्याँस भन्दा बढी दाउरा प्रयोग गर्ने गरेका हुन् ।

ग्याँस भन्दा दाउरा सस्तो हुने गरेकोले घरमा खाना पकाउन दाउरा नै बढी प्रयोग गर्ने गरेको बुढीनन्दा गाउँपालिका –९ पाण्डु सैनका स्थानीय महिला प्रमीला विकले बताउनुभयो ।

उहाँ भन्नुभयो,“ घरमा ठुलो परिवार छ । ती सबैलाई ग्यासमा खाना पकाउँदा निकै खर्च लाग्छ । त्यसैले दाउरा प्रयोग गर्ने गरेको छ ।”

गाउँ नजिक वन छ । त्यो वनमा दाउरा प्रशस्त पाइने गरेकोले खासै ग्यासको आवश्यक नपर्ने हुँदा दाउरा बाल्ने गरेको विकले बताउनुभयो ।

बाजुराको हिमालीको धुलाचौर, कोल्टी, पीलिचौर , मार्तडी , तिपाडा , बाम्का, बल्दया, फालासैन बेलातामाण्डौ, रिडा, मालिका बजार डाबजार र त्यका आसपासका केही गाउँ बस्तीमा मात्र ग्यास प्रयोग हुन्छ । भने अन्य यहाँका सबै गाउँमा अझै दाउरा नै प्रयोग हुने गरेको छ ।

दाउरामा पकाएको खना मिठो हुने गरेकोले पनि ग्याँस भन्दा दाउरा बढी प्रयोग गर्ने गरेको यहाँका बुढापाका बताउँछन् । 

यसरी यहाँका स्थानीयहरूले घरमा खाना पकाउँदा दाउराको बढी प्रयोग हुँदा यहाँ दिनप्रतिदिन वन सम्पदा मासिँदै गएका छन् । 

यहाँका नौ वटै स्थानीय तहमा ३५० वटा सामुदायिक वन रहेका छन् । सामुदायिक र सार्वजनिक गरी ९४ हजार १५० हेक्टर क्षेत्रफलमा वन जङ्गल फैलिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका –९ पाण्डु सैनका महिलाहरू वन देखि दाउरा ल्याउँदै  ।  तस्बिर ः शेरबहादुर सार्की