• १७ असार २०८१, सोमबार

कोशीका जनप्रतिनिधिलाई सम्मान

blog

जयकृष्ण यादव 

इनरुवा, जेठ २३ गते । सुनसरीको कोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह कोशीले संयुक्त रुपमा सो सम्मान गरेको हो ।

गाउँपालिकाका ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादवसहित १६ जनालाई सम्मान गरिएको छ । गाउँमा विगतमा गरेको शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकारसहित मानवअधिकारमैत्री कामको मूल्याङ्कन गर्दै नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माले जनाकारी दिनुभयो । 

सम्मानीत हुनेहरुमा गाउँमा निर्वाचित कार्यपालिका सदस्यहरु सरजुग सरदार, राजकुमार साह, सरिताकुमारी मण्डल, नसिरन खातुन, शोभाकुमारी महेता र ज्ञानु खतिवडा तथा कोशी गाउँपालिका –१ का वडाध्यक्ष सोभितनारायण यादव, वडा २ का वडाध्यक्ष ध्यानी उराँव, वडा ३ का वडाध्यक्ष सुलेमान मञ्सुरी, वडा ४ का वडाध्यक्ष इसराईल मियाँ, वडा ५ का वडाध्यक्ष साह जमाल, वडा ६ का वडाध्यक्ष जुडिलाल कोडोकीया, वडा ७ का वडाध्यक्ष लालदेव सदा र वडा ८ का वडाध्यक्ष बलरामकुमार क्षेत्री रहनुभएको छ । 

सम्मानित १६ जनालाई इन्सेक र समूहले दोसल्ला तथा सम्मानपत्रका साथ सम्मानित गरिएको समूहका सचिव विष्णुकुमार यादवले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष अंसारी, उपाध्यक्ष यादवसहित सम्मानितलाई राष्ट्रिय मानव अधिकार आयोग १ नम्बर प्रदेश कार्यालय प्रमुख नितु गडतौला, इन्सेक प्रदेश प्रमुख सोमराज थापासहितले सम्मान गर्नुभएको थियो । 

सम्मान कार्यक्रममा गैरसरकारी संस्था माहासंघ प्रदेश १ का अध्यक्ष लखनलाल साह, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खानाल, पूर्व उपाध्यक्ष बिनोद सुवेदी, इन्दिरा भट्टराई, पूर्व सचिव नवराज कट्टेल, महासंघ सुनसरी सदस्य मिकाईल आलम, मानव अधिकार समूहका उपाध्यक्ष श्याम खंग, सहसचिव रिना मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल सहित सदस्यहरू रहनुभएको थियो ।