• ३ वैशाख २०८२, बुधबार

गुडिरहेको कारमा आगलागी

blog

आगलागीबाट जलेको कार । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख २ गते ।
सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ । नयाँ वर्षको अवसरमा बागमती नगरपालिका–१२, स्थित ताल परिसरमा घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्बरको कारमा आफैँ आगलागी भएको हो । कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका मानिसहरूले तत्काल बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

कारमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको हो । हरिवन नगरपालिकाबाट दमकल मगाइएको भए पनि नयाँरोडसम्म दमकल पुुग्दा बालुवा र पानी हालेर आगो निभाउन सफल भएकाले दमकलाई बिच बाटोबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास यादवले जानकारी दिनुुभयो । 

प्रहरी नायब निरीक्षकका अनुसार आगलागीबाट कारको अघिल्लो भाग, इन्जिन र सिसामा क्षति पुुगेको छ । आगलागीबाट क्षतिग्रस्त कार ताल परिसरमै किनारा लगाएर राखिएको कर्मैया प्रहरीले जनाएको छ । गुडिरहेको कारमा आगलागी हुनुको कारण खुल्न सकेको छैन ।