अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १ गते । पुतलीबजार नगरपालिकाले आयोजना गरेको मेयर कप पुरुष तथा महिला भलिवलमा पुरुष तर्फको उपाधि वडा नं.–७ ले जितेको छ ।
पुतलीबजार नगरपालिक–१ मालेबगरको कबर्डहलमा भएको खेलमा वडा नं.–७ ले वडा नं.–१२ लाई ३–२ को सेटमा २५ – २३, २२–२५, २३–२५, २५–१४ र १५–८ को अंकले पराजित गर्दै विजेता बनेको हो ।
विजेता बनेको वडा नं.–७ ले ८० हजार रुपियाँसहित कप मेडल र प्रमाणपात्र प्राप्त गर्दा उपबिजेताा वडा नं –१२ ले ५० हजारमा चित्त बुझाएको हो । वडा नं.–६ तेस्रो बन्दै ३० हजार रुपियाँ प्राप्त गरेको हो ।
यस्तै महिलातर्फ वडा नं.–१२ ले वडा नं.–६ लाई सिधा सेटमा २५–१४, २५–२२ र २५–१९ को अंकले पराजित गर्दै विजेता बनेको हो भने वडा नं.–१३ तेस्रो बनेको हो । विजेता वडा नं.–१२ ले ४५ हजार रुपियाँसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्दा दोस्रो वडा नं.–६ ले ३५ हजार र तेस्रो वडा नं.–१३ ले २० हजार रुपियाँ प्राप्त गरेको हो ।
प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी सन्जु बिक्रम शाह (वडा ७), सर्भर सुर्य श्रेष्ठ (वडा ७), डिफेन्डर जापान गुरुङ (वडा १२), सेटर अन्जन केसी (वडा ७), स्पाइकर राजु गुरुङ (वडा ६), ब्लकर मनोज भुजेल (वडा १२) र प्रशिक्षक उत्तम थापा( वडा नम्बर ७ ) हुनुभयो ।
यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरुङ (वडा १२), सर्भर दिया गुरुङ (वडा ६), डिफेन्डर लोकशिला गुरुङ (वडा १२), सेटर अनुष्का गुरुङ (वडा ६), स्पाइकर सदिक्षा गुरुङ (वडा १२), ब्लकर पूर्णता शाही (वडा १३) र प्रशिक्षक पदम गुरुङ ( वडा नं १२ ) उत्कृष्ट हुनुभयो ।