रजनी योगी
सुर्खेत, चैत ३१ गते । पछिल्लो समय वीरेन्द्रनगरमा धमाधम पूर्वाधार विकास भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । वीरेन्द्रनगरमा पूर्वाधार निर्माण मात्र होइन, संरचनाको सुधार र सजावटमा पनि उत्तिकै ध्यान दिएको देखिन्छ ।
पर्यटन पूर्वाधार निर्माण योजना अनुरूप नगरपालिकाले काम गरिरहेको छ । आवश्यकताका आधारमा ताल तथा पार्क निर्माण योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ । यतिबेला वीरेन्द्रनगर पर्यटकको रोजाइ बन्न पुगेको छ । अन्य पूर्वाधार निर्माणको योजनालाई प्राथमिकतामा राखेको नगरपालिकाले बजार क्षेत्रलाई सुन्दर बनाउने योजना ल्याएको छ । उक्त योजना अनुरूप पर्यटन प्रवर्धनको काम भइरहेको जनाइएको छ । गत आर्थिक वर्षबाट नगरपालिकाले चोक सुधार कार्यव्रmम ल्याएको हो । बजार क्षेत्रका चोक, चौताराको संरक्षण र सजावट गर्ने उद्देश्यले चोक सुधार कार्यव्रmम कार्यान्वयन गरिरहेको नगरपालिकाले जनाएको छ ।
गत आवबाट चोक सुधारको योजना निर्माण गरेर कार्यव्रmम कार्यान्वयन भइरहेको हो । उक्त वर्ष चोक सुधार कार्यव्रmम कार्यान्वयनका लागि ४९ लाख ९८ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । ४६ लाख आठ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएकोमा ४२ लाख ९५ हजार रुपियाँ खर्च भएको नगरपालिकाका सबइन्जिनियर राजन तिवारीले बताउनुभयो ।
उहाँका अनुसार गएको वर्ष पाँच वटा चोक सुधारको काम गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रभित्रका चोकको सजावटको काम गरिएको हो । बजार क्षेत्रका नगर अस्पतालनजिक, पिपल चौतारा, मङ्गलगढीचोक, घण्टाघरचोक र कालिञ्चोकमा चोक सुधारको काम गरिएको छ । नगरपालिकालाई सुन्दर एवं आकर्षक बनाउनका लागि नगरपालिकाले आवश्यकताका आधारमा चोकको सुधारको काम गरिरहेको छ ।
गत आवमा कार्यव्रmम प्रभावकारी मानिएपछि यो वर्ष पनि कार्यव्रmमलाई निरन्तरता दिइएको छ । चालु आवमा समेत नगरपालिकाले बजेट विनियोजन गरेर कार्यव्रmम कार्यान्वयन गरेको छ । यो वर्ष चोक सुधार कार्यव्रmम कार्यान्वयन गर्नका लागि ३४ लाख ४३ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । यो वर्ष पनि ठेक्का सम्झौता गरेर चोक सुधार कार्यव्रmम कार्यान्वयन भइरहेको नगरपालिकाका सबइन्जिनियर तिवारीले बताउनुभयो ।
यो वर्ष २४ लाख ९३ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । वल्र्ड ह्यारिजम कन्स्ट्रक्सन र नगरपालिकाबिच योजनाको सम्झौता गरिएको छ । २०८२ जेठ मसान्तसम्म काम सक्ने गरी अघि बढाइएको जनाइएको छ । अहिले आवश्यकताका आधारमा चोक सुधारको काम भइरहेको नगरपालिकाको भनाइ छ । घण्टाघर वरिपरिको क्षेत्रमा काम भइरहेको छ ।
वीरेन्द्रनगरमा पर्यटकीय सम्भावना धेरै छन् । अहिले नगरपालिकाले पहिचान गरेर संरक्षण र निर्माण योजनालाई अघि बढाएको छ । बुलबुले ताल, काँव्रmेविहार, देउतीबजै, सहिद पार्क र घण्टाघर पार्क पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । उक्त पर्यटकीय क्षेत्रको नगरपालिकाले संरक्षण र निर्माणमा जोड दिएको हो । नगरपालिकाले आन्तरिक आम्दानीको स्रोत पर्यटन प्रवर्धन हुन सक्ने जनाएको छ । पूर्वाधार निर्माण गरेर पर्यटन प्रवर्धनमा जोड दिएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार यो वर्ष पनि पालिकाले बजेटको विनियोजन गरेर काम गरिरहेको छ ।