• २७ चैत २०८१, बुधबार

लालगढस्थित धनौजी खानेपानी कार्यालयमा आगलागी

blog

धनुषा लालगढस्थित धनौजी खानेपानी कार्यालयमा भएको आगलागी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, चैत २४ गते ।
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालय परिसरमा आगलागी भएको हो ।

आगलागीका कारण कार्यालयमा सञ्चित पाइप तथा अन्य सामग्री जलेर नष्ट भएको छ ।  मिथिला नगरपालिका– १०, का वडाध्यक्ष सबिनविक्रम थापाले खानेपानी विस्तारका लागि भण्डारण गरिएको पाइप पूर्णरूपमा जलेर नष्ट भएको बताउनुभयो । प्रारम्भिक अनुमान अनुसार करिब ३० लाख रुपियाँ बराबरको क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी समितिका पदाधिकारी क्षतिको विस्तृत विवरण सङ्कलनमा जुटेका छन् । खानेपानी कार्यालय परिसरमा लागेको आगो सुरक्षाकर्मीले दमकल  र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

लालगढ प्रहरी चौकीले आगलागीको कारण, क्षतिको विस्तृत मूल्यङ्कन गर्न थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।