• २६ चैत २०८१, मङ्गलबार

विम्ब उत्सवमा गायक सिग्देलको गजल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २४ गते ।  गायक राज सिग्देलको एकल गजल समारोहको आयोजना गरिएको छ । विम्ब आटर्स प्रालिको प्रस्तुति तथा आयोजनामा गायक राज सिग्देलको गजल गायन समारोह शनिबार राजधानीमा “विम्ब उत्सव” शीर्षकमा सम्पन्न भएको हो । कार्यक्रममा कवि सङ्गीता थापाले गायक सिग्देललगायतका कलाकारका टोलीले साङ्गीतिक समारोहको आयोजना गर्ने प्रस्ताव स्वीकार गरेर साङ्गीतिक कार्यक्रमका लागि हौसला मिलेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । 

गायक सिग्देलको छोटो भिडियोसमेत प्रस्तुत गरेर विम्ब आटर्सले उहाँको साङ्गीतिक यात्राबारे जानकारी दिइएको थियो । उहाँलाई गायकहरू आदर्श पौडेल, कृष्ण पराजुली र तीर्थराज पोखरेलले गायनमा साथ दिनुभएको थियो । त्यसै गरी वाद्यवादनमा शम्भू बानियाँ, जगन्नाथ  धौगोडा, नगेन्द्र राई, केशव वादी र अनिल शाहीले साथ दिनुभएको थियो भने गजलकार दिनेश गौतम, राज सागरलगायतले पनि गजल प्रस्तुत गरिएको थियो ।