• २० चैत २०८१, बुधबार

चार अस्पतालमा हेमोडायलासिस उपकरण

blog

तस्बिर : केदार तिमल्सिना धुलिखेल अस्पतालका लागि हेमोडायलासिस मेसिन हस्तान्तरण गर्नुहुँदै प्रतिनिधि सभा सदस्य विनोद चौधरीलगायत ।

बनेपा समाचारदाता 

बनेपा, चैत १९ गते  । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालसहित चार अस्पतालका लागि ‘हेमोडायलासिस’ उपकरण हस्तान्तरण गरिएको छ । 

जर्मन रोटरी भोलेन्टियर्स डक्टर्स इभीको सहयोगमा रोटरी क्लब अफ धुलिखेलले धुलिखेल अस्पतालसहित चार वटा अस्पतालका लागि ३६ थान हेमोडायलासिस उपकरण हस्तान्तरण गरेको हो । 

जर्मन रोटरी भोलेन्टियर्स डक्टर्स इभीको सहयोगमा धुलिखेल अस्पतालका लागि १० थान, शिर मेमोरियल अस्पताल बनेपाका लागि १०, कौशिल्या मेमोरियल अस्पताल बाँकेका लागि १० थान हेमोडायलासिस उपकरण हस्तान्तरण गरिएको हो । यस्तै सहिद स्मृति मेमोरियल अस्पताल नवलपरासी बर्दघाटका लागि छ थान हेमोडायलासिस उपकरण हस्तान्तरण गरिएको हो । 

रोटरी क्लब नेपालका पूर्वअध्यक्ष अशोक श्रेष्ठले सन् २०२१ देखि हेमोडायलासिस उपकरण ल्याउनका लागि प्रव्रिmया सुरु गरे पनि सरकारी स्वीकृति, भन्सारलगायतका समस्याका कारण उपकरण ल्याउन चार वर्ष बिताउनुपरेको बताउनुभयो । उहाँले चार वटा अस्पतालका लागि हस्तान्तरण गरिएको एउटा हेमोडायलासिस उपकरणको नेपाली करिब १५ लाख रुपियाँ पर्ने बताउनुभयो । 

उहाँले सन् २०१९ मा नेपालमा ६० वटा डायलासिस सेन्टर रहेका र त्यहाँ ५७० थान डायलासिस उपकरण रहेको पाइएको बताउनुभयो । उहाँले नेपालमा रहेका डायलासिस उपकरणमध्ये आधा जसो उपकरण बिग्रेर काम नलाग्ने अवस्थामा रहेका र त्यसका कारण डायलासिस गर्नुपर्ने मिर्गाैलाका बिरामीलाई डायलासिस गर्न समस्या रहेको बताउनुभयो । उहाँले हस्तान्तरण गरिएका डायलासिस उपकरणले मिर्गाैलाका बिरामीका लागि डायलासिस सेवा उपलब्ध गराउन सहज हुने बताउनुभयो । 

कार्यव्रmममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले हस्तान्तरण गरिएका हेमोडायलासिस उपकरणले डायलासिसको सेवा नपाएका मिर्गाैला रोगीको उपचारमा सहजता ल्याउने बताउनुभयो । उहाँले सहिद स्मृति मेमोरियल अस्पताललाई राम्रो बनाउनका लागि धुलिखेल अस्पतालसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।  धुलिखेल नगरपालिकासँग सहकार्य गरेर बर्दघाट नगरपालिकामा धुलिखेलले सुरु गरेका काम गर्न सहजीकरण गरिदिन आग्रहसमेत गर्नुभयो । 

धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले धुलिखेल नगरपालिकाले दिगो विकास लक्ष्य प्राप्तिका लागि विभिन्न काम सुरु गरेको बताउनुभयो । उहाँले रोटरी क्लबसँग मिलेर नगरपालिकाले धेरै क्षेत्रमा काम गरेको बताउनुभयो । जर्मन रोटरी भोलेन्टियर्स डक्टर्स इभीका अध्यक्ष डा. क्लाउस किल्हेले नेपाल सरकारले अनुमति दिएको खण्डमा आफूहरू मिर्गाैला रोगीका लागि आवश्यक पर्ने डायलासिसलगायतका सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । 

कार्यव्रmममा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले डायलासिस उपकरण प्राप्त भएसँगै चारै वटा अस्पतालमा नवीन कार्यको सुरुवात भएको बताउनुभयो । उहाँले धुलिखेल अस्पताल गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका अन्य अस्पतालसँग समन्वय गरेर अघि बढ्न तयार गरेको बताउनुभयो । उहाँले डायलासिस उपकरण प्राप्त भएसँगै मिर्गाैला रोगीको उपचारमा सहजता हुने बताउनभुयो । कार्यव्रmममा रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष ज्योत्सना सैँजूले रोटरी क्लबले विभिन्न सङ्घ संस्थासँग मिलेर स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा काम गरेको बताउनुभयो । रोटरी क्लब अफ धुलिखेल, धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालबिच धुलिखेलमा रक्तसञ्चार केन्द्र र विद्युतीय शवदाहगृह निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौतासमेत भएको थियो ।