• १९ चैत २०८१, मङ्गलबार

र्‍याम्पमा देखिए कलाकार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १७ गते । अभिनेतृ स्वस्तिमा खड्का, प्रियङ्का कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगितालगायतका मोडल तथा कलाकार एउटै र्‍याम्पमा प्रस्तुत भएका छन् । जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन सोमा उनीहरू सो टपरका रूपमा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत हुनुभएको थियो । जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको सोमा ५० डिजाइनरले डिजाइन गरेका विभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीको अलवा मोडलले विभिन्न १२ सिक्वेलमा प्रस्तुत गरेका थिए ।

भारतको अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको सहभागिता रहेको सोमा आइसी कलेजका २०२३ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक फरक पहिरनका डिजाइन २५ सिक्वेलमा प्रस्तुत भएका थिए ।