• १९ चैत २०८१, मङ्गलबार

तिब्बती महिलाको बढ्दो भूमिका

blog

चीनमा विशेष रूपले कृषि दासको मुक्ति दिवस बिहीबार मनाइयो । जिजाङमा लोकतान्त्रिक सुधार गरिएको सम्झनामा २८ मार्च २८, १९५९ बाट यो दिवस मनाइँदै आइएको छ । यसबाट आधुनिक सामाजिक व्यवस्था सुरु भएको थियो । पछिल्लो ६६ वर्षमा तिब्बतका महिलाको सामाजिक स्थितिमा आएको परिवर्तन चीनकै मानव अधिकार सुधारको क्षेत्रको सबैभन्दा प्रतिनिधिमूलक बन्न पुगेको छ । 

कुनै बेला एउटी महिलाको जीवन परालको डोरी भन्दा मूल्यवान् छैन भनेर खिसिटिउरी गर्ने   सिजाङको पुरानो कानुनी संहिता, धेरै पहिलेदेखि खण्डहर बनिसकेको छ । यसलाई   सिजाङ स्वायत्त क्षेत्रको महिला अधिकार र हित संरक्षणसम्बन्धी कानुन र   सिजाङ क्षेत्रको महिला विकास योजना (२०२१–२०२५) ले प्रतिस्थापन गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा सिजाङका प्रतिनिधिहरूमा महिलाको सङ्ख्या अहिले ३६.६ प्रतिशत छ भने १४ औँ राष्ट्रिय जन कंग्रेसका प्रतिनिधिको २९.९ प्रतिशत छ । त्यसै गरी चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यमा तिनीहरूको प्रतिनिधित्व २२.६ प्रतिशत छ ।

त्यसै गरी   सिजाङका हरेक प्रशासनिक गाउँ र समुदायका स्थानीय समितिमा महिला सदस्यले सेवा दिइरहेका छन् । राजनीतिमा महिलाको बढ्दो सहभागिताले महिला मुक्तिको निस्व्रिmय लाभग्राहीबाट विकासको सव्रिmय चालकका रूपमा परिवर्तित भइसकेको प्रतिविम्बित गर्छ । प्रजातान्त्रिक सुधारभन्दा पहिले, तिब्बती महिला निम्न दर्जाको सामाजिक हैसियतमा थिए, जसमा धेरैजसो शिक्षाबाट वञ्चित थिए । 

धेरैजसो महिला अशिक्षित थिए वा अर्ध शिक्षित थिए र तिनीहरूको पारिवारिक प्रतिष्ठा सीमित थियो । यद्यपि, सुधारपछि, विशेष गरी चीनको सुधार र खुलापनसँगै   सिजाङ्ले अनिवार्य शिक्षामा लैङ्गिक असमानता हटाइदियो । अहिले, १५ बर्से अग्रगामी निःशुल्क शिक्षा प्रणालीको कार्यान्वयनका कारण चीनका अन्य भागभन्दा धेरै उन्नत रूपमा   सिजाङका दुर्गम खेतीपाती र पशुपालन क्षेत्रका अभिभावक पनि आफ्ना छोरीहरूलाई विद्यालय पठाउन उत्सुक छन् । 

चिनियाँ सरकारले महिला अधिकारको वकालत गरिरहेका छन् र महिलाले आधा आकाश ओगटेको कुरामा जोड दिँदै यो प्रवृत्तिलाई झन् मजबुत बनाइरहेका छन् । फलस्वरूप,   सिजाङ भरका उच्च शिक्षण संस्थामा महिलाको सङ्ख्या ५० प्रतिशतभन्दा बढी छ ।   सिजाङले महिलालाई आर्थिक रूपले सशक्त बनाउनमा पनि उल्लेखनीय प्रगति गरेको छ । 

महिला ग्रामीण पुनरुत्थानको पहलले   सिजाङमा जरा गाडेको छ । सरकारले डिजिटल अर्थतन्त्रमा महिला उद्यमशीलतालाई सघाउन नयाँ मिडिया, लाइभस्ट्रिमिङ र ई कमर्सको संयुक्त एकीकरणलाई सव्रिmयतापूर्वक प्रवर्धन गरिरहेको छ । महिला ई कमर्स लाइभस्ट्रिमरका लागि विशेष भर्ना अभियान र तालिम कार्यव्रmमले तिब्बती महिलाको रोजगारी र आयस्तरमा उल्लेखनीय वृद्धि गरेको छ । 

पछिल्लो पाँच वर्षमा, यस क्षेत्रले अस्पतालमा बच्चा जन्माउने २६७,००० भन्दा बढी ग्रामीण र देहाती महिलाका लागि २० करोड युआनभन्दा बढी अनुदान छुट्याएको छ । परिणामस्वरूप,   सिजाङमा अस्पतालमा बच्चा जन्माउने दर बढेर सन् २०२३ मा ९९.१५ प्रतिशत पुगेको छ, जुन सन् २०१२ मा ७५.८ प्रतिशत थियो । जबकि, मातृ मृत्युदर घटेर ३८.६३ प्रति लाख जन्म पुगेको छ । 

विभिन्न क्षेत्रमा तिब्बती महिलाको सफलताले समसामयिक समाजमा तिनीहरूको बढ्दो भूमिकाको उदाहरण दिन्छ । शीतकालीन ओलम्पिकका लागि छनोट हुने पहिलो तिब्बती महिला योङचिङ लामुदेखि २०२५ को हार्बिन एसियाली शीतकालीन खेलकुद दुई स्वर्ण विजेता चितान युचेन, जनमुक्ति सेनाको पहिलो तिब्बती महिला गेसाङ बाइचेनसम्मका यी महिला नयाँ युगमा तिब्बती महिलाको उपलब्धिको जीवन्त प्रमाण हुन् । अनुवादक: प्रमोदकुमार टण्डन

Author

प्रो. ज्यान छुन