अर्जुन काफ्ले
स्याङ्जा, चैत १४ गते । १३ वर्षीय नाबालकलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका – ७ का २४ वर्षीय सुन्दर गौतमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नाबालकलाई गत ९ गते डर त्रासमा पारी जबरजस्ती करणी गरेको भन्ने अभिभावकले दिएको उजुरीको आधारमा गौतमलाई प्रहरीले प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गौतमलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको पौडेलले बताउनुभयो ।