• १३ चैत २०८१, बुधबार

पहिरो खस्दा बेसीसहर-चामे सडक अवरुद्ध

blog

बेसीसहर–चामे सडकमा खसेको सुख्खा पहिरो । तस्बिर : नेत्र गुरूङ

नवीनराज कुईकेल

लमजुङ, चैत ११ गते । सुख्खा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध भएकाे छ । दिउँसो १२ बजेको समयमा मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिनुभयो ।

ठूलाठूला ढुङ्गासहितको पहिरो खसेकाले सवारीसाधनहरू चल्न सकेका छैनन् । सडक डिभिजनसँगको समन्वयमा पहिरो हटाउने प्रयास भैरहेको डिएसपी बोहोराले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरि पहिरो नपन्छाउँदासम्म सवारी चालक तथा यात्रुहरुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । ६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ जाँदै गरेका र लमजुङ फर्कदै गरेका यात्रु तथा पर्यटकहरू प्रभावित भएका छन् ।