मकवानपुर समाचारदाता
हेटौडा, चैत ११ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन रहेका सङ्घीयता सबलीकरणसँग सम्बन्धित विधेयक छिटो टुङ्गो लगाउने प्रतिबद्धता जनाउनुभएको छ ।
संसद्मा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक छिट्टै टुङ्गो लगाउनेतर्फ लागिरहेको बताउनुभयो । ललितपुरको स्टाफ कलेजमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताउनुभयो । सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको जनगुनासो आएको छ । संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रीकरण बढिरहेको जिकिर गर्नुभयो ।
सङ्घीयताको सबलीकरणका बारेमा भएको छलफल कार्यक्रममा उहाँले यस्ता छलफलबाट सङ्घीयताको पक्षमा जनमत सिर्जना हुने बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सङ्घीयता सबलीकरणमा तिनै तहका सरकारको महìवपूर्ण भूमिका रहने चर्चा गर्नुभयो । उहाँले तिनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानवादको मर्मभन्दा पनि राजनीतिक अवस्थाको जगमा संविधानलाई आफू अनुकूलको व्याख्यामा जोड दिने गरेको बताउनुभयो । उहाँले केही
सानो समूहको घेराबन्दीमा राजनीतिक नेतृत्व रहँदा आज प्रदेश सरकारले आफ्नो एकल अधिकारको सूचीमा रहेको अधिकारसमेत प्रयोग गर्न नपाएको उल्लेख गर्नुभयो ।
कार्यव्रmममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डे, एकीकृत समाजवादीका नेता तथा शिक्षा समिति सभापति अमरबहादुर थापालगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यपव्रmमा फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टरले प्रदेश सरकारको समन्वयमा सातै प्रदेशमा सम्पन्न गरेका कार्यक्रममा उठेका सवालका आधारमा विषयवस्तु समावेश रहेको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सङ्घीयता र स्थानीय सरकारको भूमिका ः चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रको आयोजना तथा फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टरको समन्वयमा भएको सङ्घीयताको सबलीकरणका बारेमा आयोजित छलफल कार्यव्रmमका सहभागी ।