• ७ चैत २०८१, बिहिबार

पहिलो डायलासिस मेसिन

blog

सन् १९३० को दशकमा विलेम कोल्फले एक जना मानिस मिर्गौला असफल भएर मरेको देखेपछि मिर्गौलाको काम गर्न सक्ने कृत्रिम उपकरण बनाउने जमर्को गरे । द्वितीय विश्वयुद्ध अवधिमा दुर्गम स्थलमा नेदरल्यान्ड्सले स्थापना गरेको एक अस्पतालमा कार्यरत छँदा कोल्फले मिर्गौलाको काम गर्ने एक साधारण खालको डायलासिस मेसिन बनाए । त्यसमा उनले ससेज राख्ने खोल, वासिङ मेसिन जस्ता सामग्री प्रयोग गरेर सो डायलासिस मेसिन बनाएका थिए । आफ्नो अस्पतालमा लुक्न दिएर उनले आठ सयभन्दा बढी मानिसलाई जर्मनीको निशानामा पर्नबाट जोगाएका समेत थिए ।

यिनै कोल्फले पछि कृत्रिम मुटुसमेत आविष्कार गरे । द्वितीय विश्वयुद्ध सुरु भएपछि कोल्फले पहिलो डायलासिस मेसिन बनाएका थिए । डायलासिस मेसिन बनाउन उनीसँग उपयुक्त साधन थिएन । यस कारण ससेज राख्ने खोल, टिनका बट्टा, एउटा वासिङ मेसिन र नुनिलो पानी प्रयोग गरेर उनले विश्वको पहिलो डायलासिस मेसिन बनाएका थिए । 

त्यसपछि कोल्फले जार्भिक–७ नामको पहिलो कृत्रिम मुटु बनाए । कृत्रिम मुटु बनाउने टोलीमा उनीसँगै बिलियम डिब्राइज र रोबर्ट जार्भिक थिए । जार्भिक–७ मा ‘कम्प्रेस्ड एयर’ द्वारा सञ्चालित हुने प्लास्टिकका दुई वटा पम्प थिए तथा कृत्रिम मुटुलाई बार्ने क्लार्कमा सन् १९८० डिसेम्बर २ मा प्रत्यारोपण गरिएको थियो तर क्लार्कको जीवन सहज भने भएन किनभने प्रत्यारोपित कृत्रिम मुटु सञ्चालनमा राख्न रेफ्रिजेरेटर आकारको एउटा मेसिनसँग उनलाई जोडेर राखिएको थियो । 

–युवामञ्च