• ६ चैत २०८१, बुधबार

चैत महिनाको राशिफल २०८१

blog

मेष राशि :

मध्यम फलदायी महिना रहेको छ ।  कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । शारीरिक आरोग्यता अनुकूल रहने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्ने छ । मानसम्मानका साथै पदप्रतिष्ठासमेत बढेर जाने सम्भावना छ । अध्ययन अध्यापनमा राम्रो सफलता मिल्ने छ । महिनाको पूर्वार्धमा अनावश्यक खर्च बढ्ने देखिए पनि उत्तरार्धमा धनागम, मनोरञ्जनका साथै हर्ष आनन्दका अवसर मिल्ने छन् ।

वृष राशि :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । आफन्त एवं पारिवारिक भेटघाटले मन रमाउला । आँटेका काममा सफलता मिल्ने छ । पठनपाठनका साथै धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । पारिवारिक सुख अनुकूल रहला । विविध वस्त्र एवं उपहारहरूको लाभ  हुने छ । महिनाको पूर्वार्धमा आँटेका काममा सफलता मिल्ने छ भने उत्तरार्धमा अनावश्यक खर्च बढ्नुका साथै व्यर्थ परिश्रम पर्ने देखिन्छ ।

मिथुन राशि :

उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । विवाद एवं प्रतिस्पर्धामा विजश्री मिल्ने छ । समान्य चोटपटक एवं अस्वस्थताको सम्भावना देखिएकाले यात्रा एवं वाहन चलाउँदा विशेष सतर्कता अपनाउनुपर्ने छ । आर्थिक पक्षका कामबाट राम्रो सफलता मिल्ने छ । साथीभाइसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । महिनाको पूर्वार्धमा धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ भने उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ । 

कर्कट राशि :

स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले अनावश्यक दौडधुप केही ज्यादा नै गर्नुपर्ने देखिन्छ । आँटेका काममा सामान्य बाधाअड्चन आइपर्ने देखिए पनि अन्ततो गत्वा सफलता मिल्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्ने ग्रहयोग रहेको छ  । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । महिनाको पूर्वार्धमा अनावश्यक बाधाअड्चन एवं पारिवारिक चिन्ताले पिरोल्ने देखिए पनि उत्तरार्धमा धनागम, मनोरञ्जन एवं पारिवारिक सुख सन्तोषजनक रहला । 

सिंह राशि :

यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । पारिवारिक खर्चको मात्रा बढेर जाने छ । अनावश्यक दौडधुप एवं परिश्रम केही बढी नै पर्न जाला । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । सन्तान एवं परिवारको चिन्ता केही बढ्ने छ । साथीसङ्गतमा विचार पुर्‍याउनु पर्ला । महिनाको पूर्वार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिले पनि  उत्तरार्धमा सामान्य बाधाअड्चन आइपर्नुका साथै घरायसी चिन्ताले सताउने छ  । 

कन्या राशि :

अध्ययन अध्यापनमा लागेको अभिरुचि यथावत् रहने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । कर्मचारी वर्गका लागि पदोन्नतिको सम्भावना देखिन्छ । आर्थिक पक्षका काममा मध्यम सफलता प्राप्त होला । दाम्पत्य सम्बन्धमा सामान्य खटपट पर्न जाने देखिन्छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । महिनाको उत्तरार्धमा मनोरञ्जन एवं धनागमका अवसर मिल्ने छन् । 

तुला राशि :

शारीरिक आरोग्यताका अनुकूल रहने छ ।  रोकिएका काम क्रमशः बन्दै जाने छन् । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटावको स्थिति देखा पर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना देखिन्छ । आफन्त एवं प्रियजनसँगको भेटघाटले मन रमाउने छ । महिनाको पूर्वार्धमा अनावश्यक खर्चको मात्रा बढेर गए पनि उत्तरार्धमा धनागमका अवसर मिल्ने छन् । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै बेस होला ।

वृश्चिक राशि :

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । रमाइलो ठाउँको यात्रा, पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । दाम्पत्य सम्बन्धमा भने सामान्य खटपट पर्न जाने सम्भावना देखिन्छ । अध्ययन अध्यापनमा मन्द प्रगति होला । धार्मिक कार्यका साथै सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्‍याउनुपर्ने देखिन्छ । 

धनु राशि :

पारिवारिक  चिन्ताले पिरोल्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।  स्वास्थ्यमा क्रमशः सुधारको योग रहेको छ । महिनाको पूर्वार्धमा धनागमको योग रहे पनि उत्तरार्धमा सामान्य अस्वस्थताका साथै खर्च वृद्धिको सम्भावना देखिन्छ । 

मकर राशि :

सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । शारीरिक आरोग्यता अनुकूल रहला । पठनपाठनमा  सफलताको योग रहेको छ । घरायसी एवं मनोञ्जनको क्षेत्रमा खर्च गराउला । सामान्य चोटपटकको योग रहेकाले यात्रा एवं वाहन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । युवामा मनोरञ्जन एवं प्रेमका अवसर मिल्ने छन् ।  धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको पूर्वार्धमा हर्ष आनन्दका अवसर मिले पनि  उत्तरार्धमा ढिलासुस्ती एवं बाधाअड्चन देखा पर्ने छन् । 

कुम्भ राशि :

आर्थिक हानिनोक्सानीको योग रहेकाले लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनु पर्ला । धर्मकर्मका साथै सामाजिक कार्यमा अभिरुचि बढेर जाने छ । पठनपाठनमा भने अनावश्यक बाधाअड्चन आइपर्ने छन् । शारीरिक आरोग्यता अनुकूल रहला । अनावश्यक खर्च केही बढेर जाने देखिन्छ । आँखा तथा पेटसम्बन्धी समस्या देखा पर्ने छ । महिनाको उत्तरार्धमा धनागम, रमाइलो भ्रमणका साथै पारिवारिक भेटघाटको अवसर मिल्ने छ । 

मीन राशि :

गर्न आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्नाले दिग्दारी गराउने देखिन्छ ।  खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको सामना गर्नु पर्ला । सामान्य शारीरिक आलस्यता एवं अस्वस्थताको समेत सम्भावना रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । व्यर्थको विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पुर्‍याउनुपर्ने छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । कार्यव्यस्तता बढेर जानुका साथै आकस्मिक यात्राको समेत सम्भावना रहेको छ  ।  

 - युवामञ्च