• ५ चैत २०८१, मङ्गलबार

जुम्ला बहुमुखी क्याम्समा मतदान सुरु, सिञ्जामा सर्वसम्मत

blog

जुम्ला बहुमुखी क्याम्पसमा मतदान सुचारु । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, चैत ५ गते । जुम्ला बहुमुखी क्याम्पसमा मतदान सुचारु भएको छ । बिहान ९ः०० बजेबाट स्वतन्त्र विद्यार्थी युनियनको मतदान सुचारु भएको हो । 

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाश खत्रीका अनुसार आज बिहान ९ः०० बजे मतदान सुचारु भएको जानकारी दिनुभयो । उहाँका अनुसार जम्मा ३३४ जना मतदाताले मात्र भोट परिचय पत्र लिएका र सवा १२ बजे सम्म क्याम्पसमा रहेको मतदान केन्द्रमा १६८ मत खसि सकेको जानकारी दिनुभयो । 

निर्वाचन समितिका अनुसार जुम्लामा पाँच वटा सङ्गठन चुनावी मैदानमा छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), एकिकृत समाजवादी निकट अनेरास्ववियु र नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ सहित पाँच सङ्गठन मैदानमा उत्रेका छन्। 

नेपाली कांग्रेस निकट नेविसंघबाट खेमराज सभापतिमा खेमराज आचार्य, नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट लोकेन्द्र वुढा, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का जयकृष्ण जैसी, एकिकृत समाजवादीको अनेरास्ववियुका तर्फबाट लक्ष्मण सुनार सभापतिको उम्मेदवारको रुपमा मैदानमा छन् । 

जुम्ला वहुमुखी क्याम्पसका निर्वाचन अधिकृत पदमबहादुर शाहीका अनुसार निर्वाचन शान्त वातावरणमा सञ्चालन भइरहेको छ । निर्वाचन तालिका अनुसार बिहान ८ः०० बजे मतदान गर्ने भनिएता पनि गएराति अज्ञात समूहले निर्वाचनका लागि तयार गरिएको निर्वाचन स्थलका कुर्चि, टेवुल ढालेर तितरवितर बनाएपछि पुन तयारी गर्न समय लागेको र बिहान ९ः०० बजे मतदान सुरु भएको थियो । निर्वाचन स्थलमा शान्ति सुरक्षाका लागि सुरक्षा निकायका प्रमुखहरु त्यस क्षेत्रमा पुगेका छन् । 

निर्वाचन स्थलमा शान्त देखिएको छ भने निर्वाचन स्थल वाहिर चुनावी मैदानमा उत्रिएका संगठनका नेता, कार्यकर्ता, जनप्रतिनिधि, भूतपूर्व जुम्ला वहुमुखी क्याम्पसका सभापति तथा विद्यार्थी नेताहरुको बाक्लो सहभागिता छ । 

सिञ्जामा अखिल क्रान्तिकारीको आचार्यको नेतृत्वमा सहमतिको नेतृत्व  

जुम्लामा दुईवटा क्याम्पस मध्य जुम्ला बहुमुखी क्याम्पसमा निर्वाचन भईरहेको छ भने सिञ्जा बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जुम्लाको सिजा क्षेत्रमा अवस्थित सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्यको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । 

सिंजा क्याम्पसमा रहेका चार सङ्गठनबिचको आपसी सझदारीका आधारमा उनी दोस्रो पटक क्याम्पस सभापतिमा निर्विरोध चयन भएका निर्वाचन कमिटिले जनाएको छ । सिंजा क्याम्पसका प्रमुख तथा निर्वाचन अधिकृत तिर्थ नेपालका अनुसार अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल समाजवादी विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता गरेका थिए । 

क्याम्पस प्रमुख नेपालका अनुसार अखिल क्रान्तिकारीका आचार्य सभापति, उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसंघकी राजिन्दा शाही र कोषाध्यक्षमा अखिल समाजवादीका तुलाराज तिरुवा निर्विरोध चुनिएका छन् । 

सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोबिन्द बम निर्वाचित भएका छन् । २०६७ सालमा स्थापना भएको क्याम्पस सिंजा क्षेत्रको एकमात्र क्याम्पस हो ।