नेपालगन्ज समाचारदाता
नेपालगन्ज, चैत ५ गते । नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले बाँकेमा कक्षा १२ मा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई २१ हजार रुपियाँको ‘शान्ता राणा शैक्षिक पुरस्कार’ प्रदान गरेको छ ।
वरिष्ठ समाजसेवी डा. कृष्णजङ्ग राणाद्वारा स्थापित २१ हजार रुपियाँको शान्ता राणा शैक्षिक पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुरकी छात्रा सङ्गीता कटुवाललाई प्रदान गरिएको हो । जिल्लाका सामुुदायिक विद्यालयका कक्षा १२ का छात्रामध्ये सबभन्दा उत्कृष्ट अङ्क ३.५८ जिपिए प्राप्त गर्नुभएकी कटुवाललाई पुरस्कार प्रदान गरिएको महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै कार्यवाहक मेयर राईले यस्ता पुरस्कार बढीभन्दा बढी दिनुपर्ने धारणा राख्नुभयो ।